राजिव शाह

शुक्रबार, आषाढ ११, २०७८ || 528  पटक पढिएको

सर्लाही। सर्लाहीको ब्रह्मपुरीबाट हतियार सहित दुई भारतिय पक्राउ परेका छन । बिहिवार बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले मेड ईन इटाली लेखेको 511765 मोडलको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान म्याग्जिन सहित दुईजना भारतिय युवकलाई पक्राउ गरेको छ ।

ब्रह्मपुरी गाउँपालिका वडा न-४ त्रिभुवननगर स्थित शेख टोल बोर्डर एरिया हुँदै नेपाल तर्फ आउँदै गरेको दुईजना सवार BR30 N 2034 नम्बरको मोटरसाइकललाई शंका लागेर घेरा हाली रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको कालो रंगको झोलाबाट उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भारत विहार राज्य अन्तर्गत सितामढी जिल्ला भलुवाहा ग्राम पञ्चाय वडा न-११ बस्ने वर्ष ४५ को संजय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चिमी ग्राम पञ्चाय वडा न-५ लक्ष्मीपुर बस्ने वर्ष ४० को उमाशंकर महतो रहेका छन् ।उनीहरूको साथबाट १२ हजार ३ सय ८० भारतीय रुपैया र दुई थान मोबाइल फोन समेत बरामद भएको छ।

पक्राउ परेका दुवैजना भारतीयहरुलाई हातहतियार ओसारपसार सम्बन्धी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाईएको शसस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!