काठमाडौं महानगरपालिका-७ बस्ने सन्तोषी सुव्वाको हत्या गरेको अभियोगमा दक्षिणकाली नगरपालिका-७ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-१४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

दक्षिणकाली नगरपालिका-७ दक्षिणकाली मंदिर परिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्षतविक्षत रहेको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी इनबहालबाट फेला पारी पक्राउ गरेको हो ।

सन्तोषी सुब्बाले असार ६ गते सुरेशसँग खाने र बासको समस्या भएको बताए पश्चात निजले काम गर्ने बसमा उक्त व्यवस्था मिलाईदिन्छु भनी घटनास्थलतर्फ लगी जबरजस्ती गर्ने क्रममा प्रतिकार गरे पछि सुरेशले घाँटी थिची सलले घाँटीमा बेरी हत्या गरे पश्चात ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, सन्तोषीको मोबाईल, मेमोरी कार्ड लगायतका सामानहरू समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!