सिरहा  । मिर्चैया नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति,योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।
मिर्चैया नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ६८ करोड ४९ लाख ११ हजार रुपैयाको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवले प्रस्तुत गरेको हुन् । सो नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको हो ।

सातौं नगर सभालाई सम्बोधन गर्दै मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवले स्थानीय सरकार आफैमा एउटा सवल सरकार रहेको हुँदा जनताहरुलाई चाहिने आधारभुत आवश्यक्ता एवं विकासको पूर्वाधारलाई केन्द्रविन्दु बनाएर बाँकी रहेको कार्यहरु आउदो आर्थिक बर्षमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए । सोही अनुरुप निति तथा कार्यक्रमको साथै नगरको हरेक घर एवं व्यक्तिहरु विकासको अनुभुति गराउने खालको योजनाहरु संचालन गरी नगर भित्रका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई आत्मनिर्भर बनाउदै अघि बढ्ने विश्वास व्यक्त गरे । आन्तरिक आयलाई व्यवस्थित बनाउदै शिक्षा,स्वास्थ्य, खानेपानी सहितको योजनालाई बढि प्राथमिकता दिइएको उनले स्पष्ट पारे ।

शिक्षा सुधारमा जोड

नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालयको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मिर्चैया नगरपालिकाको नगर प्रमुख यादवले बताए । नगर प्रमुख यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।

उत्त कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वेले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा मिर्चैया नगरपालिका नगरप्रमुख श्रवण कुमार यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछी देवी साह,मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वे,अतिथिको रुपमा मिर्चैया नगरपालिका वडा अध्यक्षहरु,कार्यपालिकाका सदस्यहरु,मिर्चैैया नगरपालिका राजस्व र प्रशासन शाखा कर्मचारी जित कुमार साह,पशु शाखाका प्रमुख नागेन्द्र हात्ती,कृषि शाखाका प्रमुख हरी चन्द्र पण्डित,शिक्षा शाखा प्रखुख भरत कुमार वानीया,स्वास्थ्य शाखाका प्रमुख सुरेश कुमार सिंह, मिर्चैया नगरपालिका स्वास्थ्य शाखाका सह संयोजक विजय महतो,उधोग वणिञ्य संघ मिर्चैयाका प्रतिनिधि अशोक कुमार साह,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,मिर्चैया नागरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत,नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतोले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!