
भेरी नगरपालिका-२ डिंगा बस्ने उक्त वडाकी वडासदस्य ६२ वर्षीया शसिला बिकको ढ्याङ्ग्राचौर भीरबाट लडेर मंगलबार बिहान मृत्यु भएको छ ।

बाउनथानास्थित वडा कार्यालयमा छलफलको लागि जानेक्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि नेपालगञ्जतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।