
ईश्वरपुर नगरपालिका-१३ सागरनाथ वनस्थित श्रीनगर बस्ने ६० वर्षीय राम आशिष महत्तोको गत राति जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जंगली हात्तीले घरको टाटी भत्काई आक्रमण गर्दा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।