हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 525  पटक पढिएको

रोल्पामा पहिरोले घर भत्किँदा सुतिरहेका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन घाइते छन्।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

जिल्लाको रोल्पा नगरपालिका ९ होमाको गर्पामा मंगलबार मध्यरातमा घर माथिबाट पहिरो खस्दा ८६ वर्षीया कर्मिता बुढा, उनकी १६ वर्षीया नातिनी स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुशिला बुढाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले घटनामा परी ४० वर्षीय टिका सिंहबुढा गम्भीर घाइते भएका छन्।

उनको टाउको, खुट्टा, ढाडलगायत विभिन्न भागमा चोट लागेको डिएसपी सुवेदीले बताए।

उपचारका लागि जिल्ला बाहिर लैजानु पर्ने भए पनि पहिरोका कारण सडकखण्ड अवरूद्ध भएको हुँदा उद्धारको लागि हेलिकप्टर मागिएको सुवेदीले जानकारी दिए।

त्यस्तै, घटनामा परी टिकाकी श्रीमती ४५ वर्षीया सुनमाया बुढा र उनीहरूका ९ वर्षीय छोरा शक्तिमान बुढा पनि सामान्य घाइते रहेको डिएसपी सुवेदीले बताए।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालसम्म पुर्‍याउन सडक नभएका कारण कठिन अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!