कोरोना महामारीले बिश्व आक्रान्त भएको बेलामा बिराटनगरका युवाले राहत बितरण गर्ने अभियान सहित सामाजिक सेवामा जुटेका छन् ।

जसपा नेपाल बिराटनगरका युवा नेता मो. साहिल खानको नेतृत्वमा संचालनमा आएको सो अभियान हाल सम्ममा ६५० भन्दा बढी घरधुरीलाई खाधायान्न समाग्री बितरण गरेका छन् ।

उनीहरुले खाधायान्नमा समाग्रीमा चामल, दाल, आलु, प्याज, स्वाबीन, पिठो, नुन, खाने तेल र मर-मसला समेत बितरण गरको हुन्।

‘भाषन मात्र दिने मुख भन्दा सहयोग गर्ने हातहरु पबित्र हुन्छन’ भन्ने उदेश्यका साथ उनिहरू सामाजिक उत्तरदायित्व निर्वाह गर्न लागेको अभियानका नेतृत्व कर्ता युवा नेता मो साहिल खानले हिपमत डटकमलाई बताए ।

 

दोस्रो लहरको कोरोना महामारी संगै भएको निषेधयज्ञामा अप्ठयारोमा परेका महानगर भित्रका अपङ्ग, असाहय, फरक क्षमता भएको मानिसहरु र दैनिक रुपमा ज्यालादारी गरेर जिविका चलाउनेहरुको लागि राहत बितरण अभियान सुरु गरेको उनले बताए ।

राहत बितरण कार्यक्रममा युवाहरु एमडी राजा, अनुपम साह, श्रुती कुबर साह, ईशाद शेख, निरज मल, सोनु साह, जमुना साह, एमडी काशिम, अलु अरुनको बिशेष सहयोग रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!