हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 570  पटक पढिएको

बुधबार दिउँसो सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!