हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 832  पटक पढिएको

सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

 

नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी चिन्हको समेत दुरुपयोग गरेको मुद्दामा ब्यूरोले २० वर्षीय इसान लामिछानेमाथि अनुसन्धान शुरु गरेको छ । जिल्ला अदालत काठमाडौंबाट उनीमाथि ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!