हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 1762  पटक पढिएको

मोरङ सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सुनसरी ईटहरी ७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० बर्षीय महेश चौधरी र १९ बर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तिन जना सवार रहेको प्र.न.१-०२-०४५ प ३९७३ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । यसै गरी सोही स्थान सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा हिजो राती सँवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ बर्षीय प्रकाश लिम्बु र २० बर्षीय बिमल तामाङ रहेका छन् ।

दक्षिणबाट आउदै गरेको को ४ प ९१८० नम्वरको मोटरसाईकलमा सवारी उनिहरुको साथबाट Diazelab १० पिस 2m.l., फेनारगन १० पिस 2 m.l., IPEL१० पिस र ट्रमोल २०० ट्याब्लेट फेलापारी मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका ५ जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!