तस्बिर : जितेन्द्रनारायण ठाकुर

३१ औं दिन सम्म निरन्तर विपन्न वर्गलाई खुवाउदै आएको निशुल्क खाना अभियान सोमवार देखि बन्द भएको छ । कोरोना भाइरसको दोस्रो चरणको संक्रमणलाई रोक्न स्थानीय प्रसासनले गरेको निषेधाज्ञाले जनजिवन अस्तव्यस्त भइरहेका बेला समाजसेवी युवा अभियन्ता तनबिर खानको संयोजनमा युवा समुहका सचिव रोसन गीरि र विराटनगर महानगरपालिका वडा नम्बर ६का वडा विजय कामतको अग्रसतामा सुरु गरेको अभियान सोमवार ५सय विपन्न वर्गलाई खाना खुवाउदै समापन गरिएको हो ।

वडा नम्बर ६का अध्यक्ष विजय कामतले युवा अभियन्ता तनविर खान संग सवन्वय गरेर विपन्न संगै रोजगारी गुमाएका वडावासीलाई दैनिक दुई छाक टार्न दैनिक खानाको व्यवस्था गरेको थियो । कोरोना भाईरसको महामारीले दैनिक काम गरेर जिविकोउपार्जन गर्न र निरन्तर लकडाउनले रोजगारी गुमाएका परिवारलाई दैनिक खानाको व्यवस्था वडा अध्यक्ष कामतले खान र गीरि संग सवन्वय गरेर गरेका थिए ।
दैनिक ५ जनालाई खाना खुवाउदै आएको थियौं संयोजक खानले भने –‘ निषेधाज्ञा खुकुलो भएकाले खाना खुवाउने अभियान बन्द गरेका छौं ।
दैनिक काम गर्ने वतावरण बनेकाले खाना खुवाउने अभियानलाई बन्द गरेर समस्यामा परेका परिवारलाई खाद्यान्य दिने योजना बनाएका छौं । कसैलाई खाद्यान्यको समस्या भएको थाहा पाए घरमा नै पु¥याउने उनले बताए ।

पटक पटक विराटनर महानगरपालिका मेयर भिम पराजुलीलाई विपन्न वर्गलाई राहत दिन आग्रह गरेपनि वेवास्ता गरेपछि वडा अध्यक्ष कामतले वडावासीलाई खाना खुवाउने अभियान सञ्चालन गर्न युवा समुह संग सहकार्य गरेको थियो । महानगरको सवै भन्दा ठुलो वडा भएको ६ नम्बरमा मधेशी समुदाय रहेको र उनीहरु दैनिक काम गरेर जिविकोउपार्जन गर्ने गरेकाले लकडाउनले रोजगार नपाउदा विच्चली भएको अवस्था खाना खुवाउने अभियान सञ्चालन गरेको उनले बताए ।

दोस्रो पटक आएको संक्रमणले वडामा विपन्न वर्गको दिनचरिया अस्तव्यस्त भएपछि जनताको जिवन रक्षाको लागि तातो खाना खुवाउन अभियान सञ्चालन गरेको ३१ औं दिनमा समाप्त भएको हो । तीन जनाले निषेधाज्ञाको बेला विराटनगर महानगरपालिका भरी करिव ५ सय परिवारलाई खाद्यँन्य समेत विरतण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!