हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 565  पटक पढिएको

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत ट्राफिक प्रहरी जवान लोक बहादुर कार्की जेष्ठ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन् । १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले कार्कीलाई उत्कृष्ट कार्य सम्पादनको आधारमा जेष्ठ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो ।

कार्कीले विभागीय नीति निर्देशन बमोजिम व्यवसायिक ंढंगबाट लगनशिल एवं कर्तव्यनिष्ठ तरिकाले ट्राफिक जनचेतनामुलक प्रशिक्षणमा उल्लेखिनिय भूमिका खेलेको भन्दै उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । कार्कीले पदिय जिम्मवारी पूरा गर्ने क्रममा विद्यार्थी, चालक, आम सडक प्रयोगकर्ताहरुलाई ट्राफिक जनचेतामुलक प्रशिक्षणको लागि डकुमेन्ट बनाइ प्रशिक्ष्ण कार्यमा सक्रिय भएको, कार्यालय संचालन तथा शाखाहरुबाट सम्पादित काम कारवाहीहरुलाई कम्प्युटराइज्ड गरी प्रविधिहरुको प्रयोग गर्ने कार्यमा उल्लेखिनिय भुमिका निर्वाभ गरेकोले उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको कार्य विवरणमा उल्लेखछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!