हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 516  पटक पढिएको

मेलम्चीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मेलम्ची नगरपालिका–१० माझीबस्ती तल इन्द्रावती नदीमा आएको बाढीले बिजुलीको खम्बा ढाल्दा करेन्ट लागेर स्थानीयवासी ३० वर्षीय धर्म दुलालको मृत्यु भएको हो ।

सोही घटनामा मेलम्ची–११ कै भरत दुलाल घाइते भएका छन् । उनको मेलम्चीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

शिखरपुर नवलपुरतर्फ ल्याइएको फलामे खम्बालाई इन्द्रावतीको बाढीले क्षति पुर्‍याएपछि विद्युत् चुहिंदा उक्त घटना भएको बताइएको छ । सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको खम्बाबाट लिक भएको करेण्ट लागेर दुलालको मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!