हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 649  पटक पढिएको

काठमाडौं, ७ असार
भक्तपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रे, धुलिखेल नगरपालिका-८ घर भएका २३ वर्षीय जयराम चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ती किशोरी हराएको भनी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जाहेरी प्राप्त हुनासाथ ती किशोरीको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारामा फेला पारेको थियो ।

थप अनुसन्धानका क्रममा जयरामले ती किशोरीलाई ललाई फकाई घुम्न जाउ भनी भक्तपुर नगरपालिका-४ सूर्यविनायकस्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बाहानामा डर धम्की दिई जबरजस्ती करणी गरेको खुलेपश्चात चौलागाईलाई सुन्धाराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसार भक्तपुरले जनाएको छ ।

तनहुँ, ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका-९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!