
भक्तपुर, ७ असार
मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित सडकबाट अवैध लागूऔषध सहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी दुहवी नगरपालिका-६ ठेगाना भएका ४३ वर्षीय गोपाल पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त सडकमा बा.९८ प ७५९९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई ५ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित फेला पारी नियन्त्रणमा लिएर डेरा कोठा समेत तलासी गर्दा नियन्त्रित लागूऔषध एक सय एमएलको डाईलेक्स डिसि ७ बोतल, ६० ग्राम लागूऔषध गाँजा र १ थान डिजिटल तराजु बरामद भएको छ ।
उनी उपर लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।