राजिव शाह

आइतबार, आषाढ ०६, २०७८ || 897  पटक पढिएको

सर्लाही । युवा खेलकुद तथा महिला बालबालिका मन्त्री माननीय बिरेन्द्र सिंहले सर्लाहीमा रंगशाला निर्माण गर्ने बताउनु भएको छ । सर्लाहीको स्थित धनकौलमा रेडियोकर्मी संग कुरा गर्दै यस्तो कुरा बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस सर्लाही क्षेत्र नं.४ (क) बाट निर्वाचित सिंहले यो बर्ष सर्लाहीको दुईवटा ठाउँमा जिल्ला स्तरीय रंगशाला निर्माण हुने बताउनु भएको छ । सर्लाहीका पत्रकार संगको परिचयात्मक भेटघाट एवं शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री सिंहले प्रदेश नं.२ को जिम्मेवार मन्त्रीको रुपमा जिल्ला र क्षेत्रमा नमुना विकास गर्ने बताउनुभयो । उहाँले युवाको खेलकुद बिकास र महिला तथा बालबालिका एवं ज्येष्ठनागरिकको समस्या समाधान प्रति प्रतिबद्ध समेत रहेको बताउनुभयो ।

प्रदेश २ को सरकारमा नेपाली काँग्रेसकाबाट सर्लाहीका विरेन्द्र प्रसाद सिंह सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)र नेपाली काँग्रेसबीच २ बुंदे सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले जेठ २६ गते मन्त्रिमण्डल बिस्तार गरेको थियो ।सोही मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट सर्लाहीका सिंह युवा,खेलकुद तथा महिला बालबालिका मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!