राजिव शाह

आइतबार, आषाढ ०६, २०७८ || 875  पटक पढिएको

सर्लाही। कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एस.एन.भि नेपालको प्रबिधिक सहयोग, ग्रामिण नारी उत्थान संघको सहजीकरणमा कौडेना गाउँपालिका अपाङ्गता परिवारका लागि राहत समाग्री हस्तान्तरण गरेको छ । आइतबार बिहान कौडेना गाउँपालिकामा राहत स्वरुप २० लिटर नल सहितको बाल्टिन १२५ थान ,हात धुने साबुन ७५० थान,सेफटी पयाड १२५ पैकेट हस्तान्तरण गरिएको हो । कौडेना हेल्थपोष्टका लागि सेनिटाईजर ३६ थान र मास्क ३६ पैक्ट पनि हस्तान्तरण गरेको छ ।

कौडेना गाउँपालिका अध्यक्ष राम प्रसाद यदबको अध्यक्षतामा भएको कार्यक्रममा एसएनभि नेपाल सर्लाही जिल्ला संयोजक अम्बिका यादबले कौडेना पालिका प्रमुख रामप्रसाद यादवलाई उक्त समाग्री हस्तान्तरण गरेका छन् । ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री बुझेका छन् । कोरोना महामारीको यस परिस्थितिमा एसएनभी नेपालले अपाङ्गको लागि गर्दै आएको अतुलनीय सहयोगका लागि कौडेना गाउँपालिका प्रमुख यादबले एसएनभी नेपाललाई हृदय देखि धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता देबी चौधरीले अपाङ्गता हेल्थ डेस्कका लागि ल्यापट्प उपलब्ध गराएकोमा आउने दिनमा अपाङ्गता भएको ब्यक्तिको डाटा संकलन गर्न सजिलो हुने बताइन् । यस्तो अपरिहार्य सहयोगका लागि एसएनभी नेपाल संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन् । अपाङ्ग परिवारका लागि एसएनभी नेपालले जिल्लामा गरेको कार्यक्रम प्रभावकारी भएको अपाङ्ग महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र रायले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा प्राससकिय अधिकृत सुरेश साह,स्वस्थ्य प्रमुख शम्भु प्रसाद साह, अपाङ्ग महा संघ जिल्ला अध्यक्ष बिरेन्द्र राय, गापा अपाङ्ग उपाध्यक्ष मनोज कुमार चौधरी,वडाअध्यक्ष प्रभु चौधरी,एसएनभि प्रतिनिधि ग्रामीण नारी उत्थान संघका वास फोक्लपर्सन अजय चौधरी पंकज सिंह लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

यसैगरी आज (आइतबार) ग्रामिण नारी उत्थान संघको , सहजीकरणमा कौडेना सहित रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका गरी ५०० दलित घरधुरी र १८ वटा हेल्थपोस्टमा लागि स्वस्थ्य समाग्री हस्तान्तरण गरिएको एसएनभी नेपालको जिल्ल संयोजक अम्बिका यादबले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!