बीरेन्द्रकुमार साह

आइतबार, आषाढ ०६, २०७८ || 618  पटक पढिएको

मोरङ। मोरङको जहदा गाउँपालिकामा सामाजिक कार्य गर्दै आइरहेको सामाजिक संस्था लक्ष्मीनिया युवा क्लबले दर्जनौ परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

अघिल्लो वर्षको लकडाउन सुरु भए देखि राहत सामाग्री सहयोग गर्दै आएको क्लबले यस पटक पनि जहदा मा सर्वप्रथम राहत वितरण गरेको थियो। प्रति परिवार २५ किलो चामल,३ किलो दाल, २ लिटर तेल, ३ किलो पिठो, ५ किलो आलु, एक बोरा भुजा, २ किलो नुन, २ किलो चिनी, साबुन मास्क लगायत सहयोग गरेको छ। आवश्यता र स्तिथि देखेर प्रति परिवार ३० देखि ५० किलो सम्म चामल एकै परिवारलाई पनि सहयोग गरेको छ। हाल सो क्लब राहत वितरणको साथसाथै कोरोना संक्रमितको घर घर निर्मलीकरण, सचेतना कार्यक्रम मैकिंग मास्क साबुन सेनिताइजर वितरण, होम आइसोलेसनमा बसेकाहरुलाई सिधा फोन बाटै क्लबको मेडिकल टिम तथा बिराटनगरका प्रख्यात चिकित्सक संग परामर्श लिनसक्ने सुबिधा, कोरोना संक्रमितको घरमा मेडिकल टिमको भिजिट लगायत को अभियान जारी रहेको क्लबका अध्यक्ष नितेश कुमार साहले हिपमत डटकमलाई बताए।

कोरोनाको दोश्रो लहर सुरु भए देखि क्लबले अहिले सम्म ३८ घरपरिवारमा १००५ किलो चामल, १०० किलो दाल, ७४ लिटर खाने तेल, ५८ किलो नुन, १२२ किलो आलु, २५ बोरा भुजा, ३२ किलो पिठो, ३२ किलो चिनी, ५० पिस साबुन र ३००० भन्दा बढी मास्क वितरण गरिसकेको छ। सहयोगी हातहरुको सहयोगले अभियान निरन्तर जारी छ रहेको कल्ब का जहदा -५ शाखा अध्यक्ष सरोज महतोले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!