हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 767  पटक पढिएको

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको आज बिहान निधन भएको छ । सतासी वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा निमोनियाबाट निधन भएको परिवारले स्रोतले जनाएको छ ।

विसं २०१५ मा अर्थ मन्त्रालयमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका उनले २०४९ मा लोेकसेवा आयोगको सचिवबाट उमेर हदबाट अनिवार्य अवकाश लिएका थिए ।

उहाँका नेपाल भाषा र व्याकरण, भावनाको लहर, तीन धाम यात्रा, ज्ञानदर्पण, प्रश्न उपदेश, अमेरिकालाई हेर्दा, श्रीकृष्ण लीला, नेपालको आर्थिक विकासलाई सम्झँदा, भावनात्मक अभिव्यक्ति, शिक्षा र राष्ट्रियता, प्रशासनिक गति र राजनीति, बालविनोद, वाग्मतीः काठमाडौँ सभ्यताको मुहान तथा तथ्यबोध र हाम्रो देशको चिनारी खण्डकाव्य ९अङ्ग्रेजीमा पनि० लगायत करीब दुई दर्जन कृति प्रकाशित छन् ।

उहाँका एक छोरा रहेका छन् । उहाँको आजै परिवारको सहभागितामा पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!