हिपमत डटकम

बुधबार, आषाढ ०२, २०७८ || 693  पटक पढिएको

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले बुधवार जनकपुर धाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नु भएको छ । एस आर जे ग्रुपद्वारा जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापना गरिएको ग्यास प्लान्टको मुख्यमन्त्री राउतले उद्घाटन गर्नु भएको हो ।

प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोरोना माहामारी संग जुध्न महत्वपूर्ण रहेको अक्सिजन उत्पादन शुरु गरेकोमा उद्योगका सञ्चालकलाई धन्यवाद दिदै जनकपुर क्षेत्रमा अब अक्सिजनको आभाव नहुने बिश्वास ब्यक्त गर्नु भयो ।

सात करोड्को लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने जनाईएको छ ।

एस आर जे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्ष्तामा भएको उक्त कार्यक्रममा सामाजिक बिकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा सहितको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!