सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पीडितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । बुधबार जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका उनले पहिलो प्राथमिकतामा उद्धार र त्यसपछि राहतका कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन् ।

निरीक्षण पश्चात संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाढीपहिरोले भौतिक पूर्वाधारमा ठुलो क्षति भएको भन्दै त्यसको पुन:निर्माणका लागि पनि योजना बनाएर अघि बढ्नुपर्ने खाँचो औंल्याए । झोलुङ्गे पुल, पक्की पुल लगायत ‘कनेक्टिभिटी’ मा पनि ठुलो क्षति भएको जनाउँदै उनले तिनको पुन:निर्माणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

आफू काठमाडौं फर्किएर यसबारे संघीय सरकारको ध्यानाकर्षण गराउने उनले बताए । उनले बाढीपहिरो पीडितका लागि तत्काल गाँस, बास र कपासको खाँचो रहेको भन्दै सहयोगका लागि सरकार र दाताहरूलाई आग्रहसमेत गरेका छन् ।

सभामुख सापकोटा निवर्तमान प्रतिनिधिसभामा सिन्धुपाल्चोक– १ बाट विजयी भएका थिए । निरीक्षणका क्रममा सभामुख सापकोटाका साथ नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य युवराज दुलाल पनि सामेल थिए । साभार :रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!