बैश्विक महामारी कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी कोरोना (कोभीड) संक्रमीत बिरामीहरुको सेवा गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई समाज विकास समिति तथा राधा पौडेल फाउन्डेसन काठमाडौ द्वारा स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।

 

यस बिसम परिस्थितिमा विभिन्न अस्पतालहरुमा सेवारत डाक्टर तथा नर्स लगायत अन्य स्वास्थ्यकर्मी तथा बिरामीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षा उपकरण तथा सामग्रीहरु हस्तान्तरण तथा बितरण बितेको बर्ष झै यस वर्ष पनि विश्रामपुर गाउँपालिका स्थित स्वास्थ्य केन्द्रमा सामाज बिकास समिति तथा साझेदार संस्था राधा पौडेल फाउन्डेसन, काठमाडौंको सहयोगमा स्वास्थ सामग्रीहरु बितरण तथा हस्तान्तरण गरिएको छ ।

 

साथै, पर्साको बिरगंज स्थित नारायणि अस्पतालमा पनि कोरोनाको कहर मै स्वास्थ्य उपकरण सामाग्रीहरु अस्पतालका मे.सु. बिरेन्द्र बहादुर प्रधान लाई समाज विकास समितिका कार्यकारी सल्लाहकार प्रकाश थारू बिशेष पहलमा हस्तान्तरण गरिएको को हो।

 

उक्त अवसरमा विश्रामपुर गाउ पालिका अध्यक्ष अ्मिरी राउत पाल र उपा अध्यक्ष सुमित्रा देबि साह गाउ पालिकाको स्वास्थ्य संयोजक अलि अकबर अन्सारी तथा समाज बिकास समितिका प्रबक्ता अबिशेक तिवारी सल्लाहकार ,डा. सरोज साह , सस्था को अध्यक्ष शेलेन्द्र त्रिपाठी लगायतको विशेष उपस्थिति रहेको थियो । सामाज बिकास समिति को कोशा अध्यक्ष अच्छेलाल प्रसाद सराफ ले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!