गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाढीबाट मनाङमा भएको क्षतिप्रति दुःख ब्यक्त गर्दै तत्काल उद्धार र राहतका जुट्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा परेका स्थानीय बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न निर्देशन दिएका हुन् ।

उनले उद्धार तथा राहतको प्रबन्ध तत्काल गर्न आग्रह गर्दै अपुग भएका सामग्री प्रदेश सरकारले उपलब्ध गराउने बताए । नासो गाउँपालिका– १ मा पर्ने तालगाउँ सोमबारदेखिको निरन्तरको वर्षाका कारण डुबानमा परेको छ । मर्स्याङ्दी छेउमा रहेको तालगाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको प्रशासनले जनाएको छ ।

स्थानीयवासी घर छाडेर बाहिर सुरक्षित ठाउँमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए । उनले डुबानको खबरलगत्तै स्थानीयस्तरमा सुरक्षाकर्मी खटाइएको बताए ।

मनाङको सदरमुकाम चामेस्थित तातोपानी कुण्ड नजिकैको बस्तीमा समेत बाढी पसेको उनले बताए । बाढीले चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज र तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् गृहमा क्षति पु¥याएको छ ।

मुख्यमन्त्री पोखरेलले अबका केही दिन लगातार वर्षा हुने जलवायु तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकाले सतर्क रहन पनि प्रदेशवासीमा आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति निकालेर उनले पहाडी भेगमा बाढी पहिरो र तराई तथा समथर क्षेत्रमा भेलबाढीको खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!