रबिन्द्र बराल

मंगलबार, आषाढ ०१, २०७८ || 687  पटक पढिएको

माेरङ रंगेली नगरपालिका ४ स्थित आमताेलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जातकाे बिरुवाहरु नष्ट भएको छ । बिश्वब्यापी रुपमा काेराेना सङ्क्रमण बडदै गएपछि गत बर्ष ६ महिनाकाे लकडाउन र अहिले पुनःलकडाउनका कारणले गर्दा उक्त नर्सरीमा बिक्री वितरणका लागि उत्पादन गरिएको आँप, लिच्ची,अम्बक,मसला,कदम,टिक,मलेसियन सखुवा जस्ता विरुवाहरू तथा सिजन अनुसारका फुलहरू समेत गरि २० हजार विरुवा १ लाख रुपैयाँ बराबरको नष्ट भएको किस्कु नर्सरीका सन्चालक साेनेलाल किस्कुले बताए ।

बर्षाे देखि सन्चालनमा गर्दे आएकाे नर्सरी बाट आफुहरुले बार्षिक रुपमा ४ लाख देखि ६ लाख रुपैयाँ सम्म आम्दानी गर्दे आईरता पनि लकडाउनका कारण अहिले आफुहरु लाई आफ्नो मेहनत समेत उठाउन समस्या परेको साेनेलालले बताए । यसै बर्ष देखि रंगेली ७ संन्सारी मंन्दिर नजिकैमा समेत किस्कु नर्सरीले बर्षिक रुपमा ६४ हजार रुपैयाँ तिरेर १४ कठ्ठा खेती भाडामा लिएर नर्सरी समेत सन्चालन गर्दे आईरहेकाे भएता पनि लकडाउनका कारण बिरुवाहरु बिक्रीवितरण नहुदा खेतकाे भाडा समेत तिर्न आफू लाई थप समस्या परेको समेत साेनेलालले बताए ।

लकडाउनका कारण ग्राहकहरु नआउदा आफूहरुले उत्पादन गरेको बिरुवाहरु नष्ट भएको र नष्ट भएको बिरुवाहरु खाल्डाेमा फाल्न बाध्य रहेको उनलेे बताए । साेहि व्यवसाय बाट आफुले ८ जनकाे परिवार पालनपोषण गर्दे आईरहेता पनि लकडाउनका कारण बिरुवा बिक्री नहुदा परिवारलाई पालनपोषण गर्ने समेत थप समस्या परेको उनलेे बताए । निर्वात रुपमा आवतजावत हुने समयमा उक्त नर्सरीमा बिरुवा खरिद गर्ने बिराटनगर ,कटहरी, डाईनियाँ, ईटहरा, रंगेली ,दर्वेशा, तथा सिमाबर्ति क्षेत्र बाट विभिन्न प्रकारका बिरुवाहरु खरिद गर्ने आउने गरेको बिश्वनाथ किस्कुले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!