रबिन्द्र बराल

सोमबार, जेठ ३१, २०७८ || 749  पटक पढिएको

मोरङ । मोरङको रंगेली नगरपालिका ७ मा रहेको कोविड अस्पतालमा बिरामी नहुँदा पुर्ण रुपमा खाली भएको छ । कोरोना पोजेटिव भएका बिरामीहरु निको भई डिस्चार्ज भएपछि कोविड अस्पताल खाली भएको हो ।

समचार तयार पार्दा सम्म कोविट अस्पतालमा कुनै पनि बिरामी नरहेको अस्पताल प्रशासनले जनाएको छ । दोस्रोचरण को कोरोना संक्रमण बडदै गएपछि नगरपालिकाले बैशाख २९ गते देखि २० बेडको अक्सिजन सहितको आईसोलेसन सेन्टर सन्चालनमा ल्याएको थियो ।

कोविड अस्पतालमा ४० जनाको उपचार गरिएको थियो । जस मध्ये २६ जना पुरुष र १४ जना महिला रहेका थिए । ती मध्ये ३ जना को स्वास्थ्यमा थप समस्या देखा परेपछि उनीहरु लाई बिराटनगर कोबिट अस्पतालमा रिफर गरिएको थियो । रंगेली कोविटमा उपचारका क्रममा दुई जनाको मृत्युु समेत भएको र उनीहरु लाई पुराना रोग समेत रहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए ।

नगरपालिकाले रंगेलीमा जेष्ठ महिना देखि कोरोना सङ्क्रमण बडदै गए पछि बजार क्षेत्र पुर्ण रुपमा सिल तथा निषेधाज्ञा गरेको कारणले कोरोना सङ्क्रमण समेत घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!