हिपमत डटकम

सोमबार, जेठ ३१, २०७८ || 1234  पटक पढिएको

नेपाल सोनार समाज सेवा समिति मोरङ्ग द्वारा १३ परिवारलाई राहत बितरण गरेका छ ।

समितिले बिराटनगर कटहरि बस्ने परिवारहरुलाई दैनिकी खान अप्ठ्यारो भएको खबर पाए लगतै निजहरुको घर-घर गएर सहयोग गरेको हो । उक्त परिवारहरुलाई १५ किलो चामल, १किलो दाल, १ प्याकेट तेल, १ किलो नुन, आलु,सोयाबिन साथै मास्क बितरण गरेको छ ।

नेपाल सोनार समाज सेवा समिती मोरङ्गका सल्लाहकार दिनेश साह,राजाराम साह,अध्यक्ष महेश कुमार साह,सचिव नारायण स्वर्णकार,राजिव साह,बिवेक साह,उमेश साह,लालु प्रसाद साह सहित तथा नेपाल वैश्य युवा संघ मोरङ जिल्ला अध्यक्ष गणेश कुमार साहको सहभागितामा अभियान जारी रहेको छ।

नेपाल सोनार समाज सेवा समिति मोरङ्गले सहयोगी दाताहरुलाई सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दै यदि कसैलाई वा तपाईले थाहा पाएका कोही लाई दुई छाक टार्न गार्‍हो भएको छ भने हामी लाई सम्झिनु बाताए । हाम्रो अभियान जारी छ भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!