बारा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री २०७८/०२/२५ गते पठाएको सामाग्री आज बारा जिल्ला पार्टिले कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरब महतोलाइ हस्तान्तरण गरेकोछ।। स्वास्थ सामाग्री हस्तान्तरण आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ (अनिल)लेस्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

माओवादीले एन ९५ मास्क १६००/- पिस, थर्मल गन २, अक्सिमिटर १७/- पिस, अक्सिजन सिलिन्डर ४० लिटरको १, पिपिई सेट ६ पिस,सेनिटाइजर ५ लिटर,पिपिइ गाउन ६ पिस सर्जिकल माक्स १०० पिस,एन्टिजेन २पिस र ह्यान्ड ग्लोब्स एक पाकेट कलैया अस्पताललाई सहयो गरेको छ ।

कोरोना भाइरस संक्रमणको अग्रभागमा ज्यानको प्रवाह नगरी अहोरात बिरामिको उपचारमा संलग्न रहनुहुने सम्पुर्ण स्वास्थयकर्मिहरु प्रती उच्च सम्मान गर्दै महामारीबाट मुक्त हुन एकला एकलै सम्भव छैन सबैले सबैलाइ सहकार्य र समन्वयबाट मात्र कोरोना भाइरस विरुद्धको संघर्षमा बिजय प्राप्त गर्न सकिन्छ,हाम्रो पार्टी सधै सहकार्य र समन्वयको लागि प्रतिबद्ध रहने जिल्ला कमिटी अध्यक्ष श्रेष्ठले भनाइ राखेको जिल्ला कमिटी सदस्य मिना सिंहले जानकारी गराए।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेश कमिटी सदस्य राजन पौडेल ,प्रभु यादव जिल्ला कमिटी सदस्य मुकेश साह,रमेश साह,जलावदिन मंसुर,आबिद हुसैन अंसारी,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भातृ संगठन योङ कम्युनिस्ट लिग बारा जिल्ला अध्यक्ष अमृत शर्मा ,कलैया उपमहानगर पालिका योङ कम्युनिस्ट लिगका अध्यक्ष समि अख्तर लागाएतका उपस्थिती रहयो। अमरेस कुमार पाण्डेयको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!