हिपमत डटकम

शनिबार, जेठ २९, २०७८ || 424  पटक पढिएको

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार जना मन्त्रीलाई सपथ खुवाएकी छिन्।

प्रदेश प्रमुख पौडेलले आफ्नै निवासमा शनिबार साँझ मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

संविधानको धारा १६८ उपधारा ५ अनुसार प्रदेश प्रमुख पौडेलले नेपालीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

मन्त्रीका रुपमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रका मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशहरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले सपथ खाएका छन्।

चारै जना मन्त्री बिनाा विभागीय छन्। मुख्यमन्त्री नेपालीलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!