हिपमत डटकम

शनिबार, जेठ २९, २०७८ || 530  पटक पढिएको

सप्तरी । प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरेको काफ्लेले बताउनुभयो । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!