हिपमत डटकम

शुक्रबार, जेठ २८, २०७८ || 587  पटक पढिएको

जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर, रुपन्देही र बर्दियाका तीन जना पक्राउ परेका छन् ।

आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्रास समेत देखाएर आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको तथा बैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

त्यस्तै ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही सैनामैना नगरपालिका–२ उछीटिया बस्ने २६ वर्षीय छेत्र बहादुर थापालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सोही वडा स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्र बहादुरले जबरजस्ती करणी गरेका थिए । साथै सोही वडा नं. २ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले जबरजस्ती करणीको प्रयास गरेको थियो । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै बर्दियाका बारबर्दिया नगरपालिका–५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । २७ वर्षीया महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबरजस्ती करणी गरेको अभियगमा रुपेश थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनवटै घटानामा पक्रउ परेकाहरुमाथी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!