हिपमत डटकम

शुक्रबार, जेठ २८, २०७८ || 531  पटक पढिएको
फ़ाईल तस्बिर

पाँचथर ।पाँचथर हिलिहाङ गाऊपालिका १ स्थितमा रहेको अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी सत्यवती गाऊपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् । बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलाई भएको अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिन गई मगरको घाटीमा पाईपले लागी घटनास्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई क्रेन अप्रेटर बारा सखुवाघाट गाऊपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!