
मोरङ । मोरङको सुनवर्षी नगरपालिका–८ बिश्वकर्मा टोलमा पोस्तोल र गोली सहित ६० वर्षीय अब्बास मिया पक्राउ परेको छ ।

बिहीवमर मियाको घरमा तलासी गर्दा १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली, १ सय मिलिलिटरको अवैध लागूऔषध स्काफ २ बोतल, नाइट्राभेट ६ सय ट्याब्लेट र १ थान चक्कु सहित अब्बास मिया पक्राउ परेको प्रहरीले जनाएको छ ।
मियाको घरमा हातहतियार राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस विषमा थप अनुसन्धान भाई रहेको प्रहरीले बताएका छन् ।