
ईशनाथ नगरपालीकाका प्रमुख मेहताको कारण हजारौं स्थानीय मारमा परेका छन् । बिभिन्न संघ संस्थाबाट बिभिन्न सेवा सुविधा हूने अवस्था हूदा हूदै पनि अर्को चूनावबाट मेयर पद नै खोशीन्छन भने डरले खास गरी माण्डबि नेपाललाई नगर भित्र नपस्ने गरी सम्बन्धित निकायहरूमा ऊजूरी हालेका छन्।

जबकी यो नगरका सबै वडा मा २०\२० वटा मूस्लिम विध्वा महिलाहरूको पक्की घर निर्माण गर्ने लक्ष्य रहेको साथै हजारौं घरपरिवारलाई हैण्डपाईप जडान, स्वास्थ्य सामाग्री वितरण, खाध्यान्न वितरणका साथै कृषिमा आधारित सैकडो किसानहरूको लागि सौर्य पम्प जडान गर्ने र कृषकहरूको लागि विउविजन, तरकारीको वजार व्यवस्थापन जस्ता बिभिन्न सेवा सुविधा प्रदान गर्ने माथी सवै गतिविधिमा रोकलगाईयकोले यि सबै सेवा सुविधा बाट स्थानीय जनता बन्चित भयको माण्डबिका एक कर्मचारीले बताए छन्।
माण्डबि नेपालको देशभरीका १७ जिल्लाहरुमा कार्यक्रम सॅन्चालन रहेको क्रममा आज पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं २२ जगरनाथरपूरमा मूस्लिम आयोगको अध्यक्ष समीम मियां अन्सारीको विषेश पहलमा २०० हैण्डपाईप जडान गर्ने सहमतिको अनूसार आज देखि शूरू गरेको छ। आज एक समारोहको विच शूरू भयकोसो हैण्डपाईप जडान कार्यक्रममा स्थानीय पर्साको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, रौतहटको दूर्गा भगवती गाऊपालीका अध्यक्ष अरून कूमार साह, ईशनाथको चर्चित व्यक्तित्व अन्जु झा सहीत पर्साका दर्जनौं राजनीतिक कार्यकर्ता हरूको उपश्थिति थियो। बिजय शाहको समाचार