कञ्चनपुर । कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा लामो समयदेखि सिमानाकाको विवाद छ । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षाैंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले दुःख दिँदै आइरहेको छ ।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका अधिकारी परिवारले खेती गर्ने समयमा एसएसबी खेतमा नै आएर रोक्दै दुःख दिने गरेकाे छ ।

उनले सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेक साल दुःख दिने गरेको अधिकारीले बताउनुभयाे ।

यसरी नेपाली सिमानाकामा दादा गीरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमानाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्ने जवाफ दिएका थिए । तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन् ।

भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाइ धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएकाे छ । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् ।

भारतीय पक्षले उक्त जमिन ‘नो मेन्स लेण्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आइरहेको छ । न्युज २४ बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!