हिपमत डटकम

सोमबार, जेठ २४, २०७८ || 717  पटक पढिएको

बारा । नेपालमा बजेट सकाउन आर्थिक बर्षको अन्तिममा महिनामा तिनै तह को सरकारलाई धौ धौ परेको छ। त्यसै नमुनाको रुपमा कलैया उपमहानगरपालिका वडा नं १४ बघवन टोलमा असाढे बिकास भईरहेको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं १४ मा तिन वटा योजनामा रु एक करोड पचास लाख बजेट बिनियोजन भएको छ। बिनियोजित बजेट मध्ये दुईवटा बजेटको उपभोक्ता समिति गठन गराई वडा अध्यक्ष सुरेन्द्र जैस्वालले आफै काम काज गराउदै आएको रहस्य खुलेको छ। अध्यक्ष जैस्वाल निर्माण ब्यवसायी सँघ बाराको अध्यक्ष पनि रहेको जानकारी प्राप्त भएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत निर्माण भइरहेको आयोजनाहरु बघवन चौक देखि पुस्तकालय सम्म पक्की नालाको निर्माणसँगै बाटो ग्रेभल र बघबन चौक देखि पश्चिम जाने बाटो ग्रेभल गर्नेमा रु एक करोडको बजेट रहेको छ। भने एउटा आयोजनाको सम्झौता अहिले सम्म भएको छैन।

सँचालनमा रहेको दुईवटै आयोजनामा कमसल निर्माण सामग्रीको प्रयोग भइरहेको छ। पक्की नालामा दुई नम्बर इँटा र माटो मिसिएको बालुवाको प्रयोग भईरहेको छ भने बाटोमा ग्रेभल पनि कमसिल प्रयोग गरी बनाईरहेको पाइएको छ।

सम्झौता अनुसार गुणस्तरीय निर्माण सामग्रीको प्रयोग हुनुपर्नेमा सो नगरिएको ठहरिए कार्वाही गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय प्रमुख प्रदिप सिंहले बताएका छन भने इन्जिनीयर पठाई निरन्तर अनुगमन गराउने पनि बताउनुभएको छ।

आज अनुगमनमा आएका इन्जिनीयर धिरज ठाकुरको टिमले साईट भिजिट गरी निर्माणस्थलमा प्रयोग भएको इँटा र बालुवाको नमूना प्रयोगशालामा पठाइएको र कमसल ठहर भए भुक्तानी रोक्ने र प्रयोगशालामा चेक अपकोलागि आज पनि ग्रेभल पनि लगिएको बताएका छन। योजनाहरु बिभागबाट स्विकृत भएपछि स्थानिय तहको सिफारिसमा सम्झौता गरी योजना सँचालन गरिएको पनि जानकारी इन्जिनीयर ठाकुरले दिएका छन।

तर स्थानीयले भने प्रयोगशालामा परीक्षण हुने सामग्री गुणस्तरीय ठहर हुने गरी पठाइने र निर्माणस्थलमा कमसल सामग्री प्रयोग गर्ने पुरानै युक्ति अवलम्बन गर्दै आएको आरोप लगाएका छन्। यस घटनामा स्थानीयहरूले प्रत्यक्षरूपमा दुई नम्बर इँटा र कमसल बालुवाको प्रयोग भएको सबैले देखे पनि प्रयोगशालाको बहाना ठेकेदार तथा उपभोक्ता समितिलाई जोगाउने जुक्ति भएको आरोप लगाएका छन्। इन्जिनीयर ठाकुरले भने आरोप सही नभएको बताए। उनले प्रयोगशालाको रिपोर्टपछि मात्र आधिकारिकरूपमा कारबाई गर्न मिल्ने हुँदा रिपोर्ट कुरेर बसेको बताएका छन्। साथै काम समझौता अनुरुप नै गराउने प्रतिबद्धता जाहेर गरेका छन। अमरेस कुमार पाण्डेयले लेखेको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!