
बर्दिया । बारबर्दिया नगरपालिका-१० लम्की फाँटास्थित खेतमा पावर टेलर पल्टिँदा च्यापियर सोही नगरपालिका बस्ने प्रेम चौधरीको ५ वर्षीय छोरा सक्षेंम चौधरीको आइतबार बेलुका मृत्यु भएको छ ।

उक्त खेतमा सोही नगरपालिका-११ बेलभार बस्ने २० वर्षीय सकेट चौधरीले पावार टेलर सिक्ने क्रममा टेलर पल्टिएर च्यापिँदा टेलरमा बसेका सक्षेंमको मृत्यु भएको हो ।
चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।