
माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ स्थित धर्मशाला टाेलमा बसाेवास गर्दे आईरहेका ऋिषिदेव परिवार का ७० घर धुरी लाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लायन्स क्लव रंगेली ले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे । पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनी हरु ले प्रयोग गर्न सर्जिकल माक्स एउटा पाँच दिन देखि ७ दिन सम्म लगाउने र अधिकान्स ले माक्स नै नलगाई बस्ने गरेको हुनाले उनी हरु लाई माक्स बितरण गरिएकाे संस्था का धर्मधाेज पाैडेल ले बताए ।
उक्त संस्थाले हात धुने साबुन, र सेनिटाईजर समेत बितरण गरिएको लायन्स क्लव रंगेली का कमलेश्वार ठाकुरले बताए । स्वास्थ्य सामाग्री बितरणमा संस्था का धर्मधाेज पाैडेल, प्रमेश्वर मुर्मु , कमलेश मंण्डल , करिशमा यादव, बिकास अधिकारी लगायतको सहभागीता रहेको थियोे ।
