
सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघले शान्ति सुरक्षा चुस्त पार्न आग्रह गरेका छन् । औषधी व्यवसायीमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारबाही गर्न रामनगर मिर्चैया उद्योग वाणिज्य संघले माग गरेको छ ।

शनिवार साँझ मिर्चैया नगरपालिका वडा नं.६ इलाका प्रहरी कार्यालय मिर्चैया भन्दा लगभग ५० मिटरको दुरीमा रहेको सिद्धि मेडिकोका संचालक राम सागर साफी माथि अज्ञात समूहले गोली प्रहार गरेको घटनाको निन्दा गर्दै संघले उद्योगी,व्यवसायी,आम नागरिकलाई भयभित बनाउने आतंकित बनाउनेलाई कडा कारबाहीको माग गरेको रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठले बताए ।
अमानवीय र कुर तबरबाट भएको यस घटनाबाट अत्यन्त दुःखित भएको रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरि शंकर साहले बताए । साहले भने उधोगी,ब्यवसायी तथा नागरीकलाई नै भयभित (आतंकीत) बनाउने गरी भएको साघातिक हमलाको घोर निन्दा गरेको हो ।
विज्ञप्तीमा घटनामा संलग्नलाई कडा कारबाही गर्न र भयरहित वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग माग गरेको रामनगर मिर्चैया उद्योग वाणिज्य संघका महासचिव कासिन्द प्रसाद गुप्ताले हस्ताक्षर गरेको छ ।