
मधेशी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समितिको बैठक आयोगको सभाहलमा सम्पन्न भएको छ |

तराई-मधेश तथा मधेशी संग सम्बन्धित विभिन्न समसामयिक विषयमा आज छलफल भएको थियो |
सो बैठकमा निम्न विषयहरुमा गहन तथा फलदायी छलफल भएको थियो :-
– पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी द्वारा चलाइएको गोलि बाट एक युवक को मृत्यु भएको सम्बन्धमा,
– चुरे संरक्षण र तीव्र रुपले दोहन भइरहेको,
– शव व्यवस्थापन मा समस्या आउने गरेको,
– निजि स्वास्थ्य संस्थाहरुको मनोमानी,
– सामुदायिक, सामाजिक र धार्मिक सम्बन्ध बिग्रिन सक्ने,
– विद्यार्थीहरुमा मनोवैज्ञानिक तनाव सिर्जना,
– कृषिको लागि बजार व्यवस्थापन हुन् नसकेको,
– अक्सिजन र बेडको व्यापक समस्या र औषधिको कालोबजारी,
– धरेलु हिँसा बढ्दै गएको जस्ता महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो |
माननीय अध्यक्ष डा.विजयकुमार दत्तले औषधिको कालाबजारी गर्ने, अक्सिजन र बेड लुकाउने, उपचारको नाममा चर्को पैसा असुल्ने जस्ता कार्यहरुलाई रोक्न तथा जनतालाई उपचारको लागि सहज वातावरण सिर्जना गरिदिन आवश्यक निर्देशन तथा सल्लाह दिएका थिए | सो बैठकमा आयोगका श्रीमान सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो |

साथै कसैलाई कुनै समस्या परेमा “आयोगको हेल्पलाइन ११५२ मा सम्पर्क गरि आफ्नो समस्या टिपाउन सक्नु हुनेछ” भने दत्तले जानकारी समेत गराए ।