हिपमत डटकम

आइतबार, जेठ २३, २०७८ || 793  पटक पढिएको

धनुषा जिल्लाको बिदेह नगरपालिका-६ तिनकोरिया बजारबाट १५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट र २० ग्राम अवैध लागूऔषध गाँजा सहित सवैला नगरपालिका-१२ सतिखर बस्ने २२ वर्षीय मो.इरफान शेखलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल फेनारगन, ९३ एम्पुल नुफिन र ४ थान सिरिन्ज सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखा, गोरखा नगरपालिका-१४ पाङ्कोट बस्ने तनहुँ व्यास नगरपालिका-१२ घासीकुवा घर भएका २६ वर्षीय उमेश खत्री र गोरखा आरुघाट गाउँपालिका-७ सतिपिपल बस्ने सोही गाउँपालिका-१ घर भएका २४ वर्षीय पुर्ण सिंह गुरुङ रहेका छन् ।

मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको प्रदेश ३-०२-००२ प ६९०० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अर्याल मेडिकल हल नयाबजार गोरखाको पुर्ण सिंह गुरुङको नाममा परिचय भिरी उक्त लागूऔषध ओसार पसार गर्दै गरेको अवस्थामा मोटरसाइकल चालक गुरुङ र मोटरसाइकलमा सवार खत्रीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!