हिपमत डटकम

आइतबार, जेठ २३, २०७८ || 627  पटक पढिएको

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-६ गोदामस्थित मिलन रेष्टुरेन्ट एण्ड कटेजबाट स्रोत नखुलेको नगद ५ लाख ८ हजार २ सय रुपैयाँ र करिब ७ ग्राम ४ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका-६ बस्ने उक्त कटेजका सञ्चालक ५१ वर्षीया बिष्णुदेवी शाही, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर र दैलेख गुराँस गाउँपालिका-५ बस्ने १९ वर्षीया सरु शाही रहेका छन् ।

उक्त कटेजमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुको शरीर तथा होटेलको कोठा तलासी गर्दा विभिन्न दरका नेपाली र भारतीय नोट गरी उक्त रुपैयाँ र उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!