प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरिएको विषयमा महन्थ ठाकुर पक्षले अनविज्ञता जनाएको छ । उपेन्द्र यादव पक्षले संसदीय दलको बहुमत सदस्यको बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको बताएपनि ठाकुर पक्षले भने यसबारे जानकारी नरहेको प्रतिक्रिया दिएको हो ।

जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेशसभा सांसद जितेन्द्र सोनलले राउतलाई संसदीय दलको नेता चयन गरेको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । अध्यक्ष ठाकुर पक्षका नेता सोनलले भने, ‘मैले पनि यो कुरा सञ्चारमाध्यमबाट थाह पाएको हुँ, बैठक बसेको पनि थाह छैन, संसदीय दलको नेता चयन भएको पनि थाह छैन ।’

ठाकुर पक्षकै अर्का नेता मनिष सुमनले पनि प्रदेश २ को जसपा संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन भएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।’

उनले भने, ‘म काठमाडौँमा छु, सञ्चारमाध्यमबाट थाह पाएँ कि प्रदेश २ को जसपा संसदीय दलको नेता राउतलाई चयन गरिएको छ, त्यसपछि मैले फोन गरेर राउतलाई बधाई र अगामी कार्यकालका लागि शुभकामना दिएको छु ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा ३६ जनाको उपस्थिति रहेको बताइएको छ। जसमा ३० जना पूर्व समाजवादी पार्टीका र ६ जना पूर्व राजपा पक्षका सांसदको उपस्थिति रहेको दावी गरिएको छ ।

मुख्यमन्त्री समेत रहेका लालबाबु राउतले केही दिनदेखि आफ्नो पक्षमा हस्ताक्षर संकलन गरिरहेका थिए । हस्ताक्षर संकलनमा बहुमत पुगेपछि आज संसदीय दलको नेतामा चयन भएको बताइएको छ । संसदीय दलको नेता हुनेले नै मुख्यमन्त्री बन्न पाउने प्रावधान रहेको छ ।

यता, केन्द्रमा महन्थ ठाकुर पक्षले यसैगरि संसदीय दलको बैठक राखेर बहुमत सांसदको हस्ताक्षरबाट राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!