हिपमत डटकम

शनिबार, जेठ २२, २०७८ || 1799  पटक पढिएको

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।

हालको मूल्यमा ती सबैमा दुई रुपैयाँ वृद्धि गरिएको प्रवक्ता विनितमणि उपाध्यायले बताए।

अब पेट्रोल १२५, डिजल १०८ र मट्टितेल र हवाई इन्धन प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ।

पहिले पेट्रोल १२३, डिजल १०६ र मट्टितेल र हवाई इन्धन ७८ रुपैयाँ थियो।

निगमले पहिले कायम गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पन्ध्र दिनमा १ अर्ब १० करोड घाटा रहेको जनाएको छ।

निषेधाज्ञाको समयको पन्ध्र दिनको हिसाब गर्दा पनि ७१ करोड घाटा हुने देखिएको बताएको छ। र अन्य साधारण दिनमा ९३ करोड घाटा रहेको जनाएको छ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३२ पैसा, डिजलमा ३ रुपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रुपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!