
सिरहाको मिर्चैयामा रहेको सिद्धी मेडीकल हलको संचालक राम सागर साफी माथि आज गोली प्रहार भएको छ ।

मिर्चैया नगरपालिका वाडा ६ स्थित रहेको सिद्धि मेडिकलका सञ्चालक साफीलाई अज्ञात समुहले गोली हानी फरार भएका छन् ।
संचालक साफीलाई दुई राउन्ड गोली लागेको छ । एक राउन्ड गोली वायाँ हाथ र एक राउन्ड वायाँ खुट्टामा लागेको छ । घाईते राम सागरको उपचार स्थानीय मंगलम हस्पिटलमा जारी रहेको छ ।
मिर्चैयामा रहेको ईलाका प्रहरी कार्यलय भन्दा लगभग ५० मिटर पुर्वमा सो मेडीकल हल रहेको छ ।

यता गोली कसले र किन चलाएको हो भने अनुसन्धान भईरहेको प्रहरी वताए ।
थप बिवरण आउन बाकी ।