हिपमत डटकम

शनिबार, जेठ २२, २०७८ || 2031  पटक पढिएको

विराटनगर  । मोरङको रंगेली र डाइनियाबाट दुईजना होटल सञ्चालक युवतीसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका वडा नम्बर ५ आमगाछीस्थित दीपा होटलका सञ्चालक अजय मण्डल र सुनवर्षी–९ डाइनियास्थित समारु होटलका सञ्चालक समारु दासलाई पक्राउ गरेको हो ।

 

मण्डल नेकपा माओवादी केन्द्रका कार्यकर्तासमेत हुन् । केही समय अघिदेखि होटलमा युवतीलाई राखेर यौन कार्यमा संलग्न गराएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको सूचना पाएपछि पुगेको प्रहरीले युवतीसहित मण्डल र दासलाई पक्राउ गरेको थियो । हाल चार जनामाथि अनुसन्धान गरिरहेको रंगेली प्रहरीले जनाएको छ । मण्डलले ती युवतीलाई कहिलेकाहीं घरमै लगेर राख्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयले होटल सञ्चालकलाई कारबाहीको माग गरेका छन् ।

मण्डल र दासलाई छाड्न माओवादी केन्द्रका विभिन्न नेता र स्थानीय जनप्रतिनिधिको दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ । होटल सञ्चालक अजय मण्डल रंगेली–५ का हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!