
माेरङ काे विराटनगर मा स्थापना भएको सेन्ट्रल राउन्ड टेबल-१५ द्वारा अतिविपन्न घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

कोभिड १९ महामारीको समयमा लागेको निषेधाज्ञाले गर्दा दैनिकी ज्यालादारी मजदुर हरु काे घरमा आर्थिक अवस्था कमजोर भएको र दुई छाक टार्ने हम्मेहम्मे परिरहेको सामयमा काेहि पनि भोकै बस्न बाध्य नपराे भन्दै राउन्ड टेबलले एक सय परिवारलाई अत्यावशक खाद्यान्न सामाग्री सहयोग गरेका छन । रंगेली नगरपालिका काे वडा नम्बर ८ का सुकुम्बासी टाेल र ९ का अतिविपन्न एक यस घरपरिवार लाई खाधन्य सामाग्री बितरण गरिएको थियोे ।
राउन्ड टेबल १५ का अध्यक्ष कपिल अग्रवाल, संस्था का सुमित अग्रवाल, अरुण माेदी, राजेश अग्रवाल ,राजेश शर्मा रंगेली का समाज सेवि कमल राजवंशी लगायत काे उपस्थितिमा उक्त खाद्यान्न हस्तान्तरण गरेका थिए । राउनटेवल ले प्रत्येक परिवारलाई १० केजी चामल, १ केजि दाल,२ प्याकेट भुजा, २ केजी आलु , आधा लिटर तेल र १ केजी नुन हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी विराटनगर सेन्ट्रल राउन्ड टेबल-१५ ले विराटनगर का विभिन्न बडा हरुमा समेत अतिविपन्न परिवारलाई अत्यावशक खाद्यान्न उपलब्ध गराएको थियो ।