गणेश कुमार ठाकुर

बिहिबार, जेठ २०, २०७८ || 1798  पटक पढिएको

सिरहा । कोरोना भाइरस महामारीका बीचमै सिरहा जिल्लाको मिर्चैया नगरपालिका भित्र विभिन्न स्थानमा खुलेआम हाटबजार सञ्चालनमा रहेका छन ।

सिरहा जिल्ला विभिन्न पालिकामा हाटबजारमा सयौंको सङ्ख्यामा भीडभाड हुने गरेको छ । कोरोना महामारीको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सिरहाले २५ जनाभन्दा भीडभाड नगर्न आग्रह गरे पनि हाटबजारमा भने सयौंको सङ्ख्यामा भीडभाड हुने गरेको छ ।

बुधवार मिर्चैया नगरपालिका वडा नं.५ स्थित मिर्चैया बजारमा सयौंको सङ्ख्यामा भीडभाड रहेको हो । बजारमा तरकारी किन्न आउनेहरूको घुइँचो नै लागेको थियो ।
सर्वसाधारणले कोरोनालाई अझै पनि बेवास्ता गरिरहेको मिर्चैयाका स्थानीयले बताउँछन् । बजारमा सर्वसाधारणको भीडभाड अत्यधिक भए पनि सम्बन्धित निकय मौन भएको छ ।

हाटबजारमा किनमेल गर्न आउने अधिकांश ग्राहकले मास्कको प्रयोग गरेका छैनन् भने सामाजिक दूरीको ख्यालै छैन । बजारमा सामान बेच्ने व्यापारीले पनि मास्कको प्रयोग बिना मालसमान निर्वाधरूपले बिक्री वितरण गरिरहेको स्थानीयको भनाइ छ ।

पछिल्ला दिनमा नगरभित्र कोरोना सङ्क्रमित बढेको बढ्यै छन् भने लक्षणसहितका सङ्क्रमित भेटिन थालेका छन् । यो बेला सङ्क्रमणको जोखिम उच्च रहँदा रहँदै पनि हाटबजार नरोकिँदा समस्या बढ्दै गएको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताए ।

हाटबजार रोक्ने तयारी गरिरहेको भन्दै रोक्ने निर्णय गरेर मात्र नहुने कार्यान्वयनमा सबैले ध्यान दिनु पर्ने उनको तर्क छ । ‘उद्योग वाणिज्य संघ र प्रशासनले पनि यस विषयमा ध्यान दिनुपर्छ’ उनी भन्छिन्, ‘अटेरीपनका कारण हाटबजारमा भीडभाड भइरहेको छ ।’ उनले बजार खुलेआम सञ्चालन भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!