नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा नियमित एजेन्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। कोरोना भाइरस (कोभिड-१९) संक्रमण तथा रोकथामका विषयमा बैठकमा छलफल हुनेछ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ।

बिहीबारको बैठकमा विधेयकमाथि छलफल हुनेछ। ‘आजको बैठकमा एउटा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयकमाथि छलफलको कार्यसूची पनि छ’, ती मन्त्रीले भने, ‘अन्य नियमित विषयमा छलफल हुनेछ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!