हिपमत डटकम

बिहिबार, जेठ २०, २०७८ || 582  पटक पढिएको

काठमाडौं । काठमाडौंको टेकुस्थित फोहरमैला व्यवस्थापन स्थल परिसरमा आगलागी भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाले विभिन्न स्थानबाट संकलन गरेको तारलगायत वस्तुमा आगलागी भएको हो ।

आगलागी भएपछि काठमाडौंको दमकलका साथै सेना र शसस्त्र प्रहरी पुगेको थियो भने करिव १ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । काठमाडौं नगर प्रहरीका डिएसपी पूर्णचन्द्र भट्टले नियोजित रुपले आगो लगाइएको हुनसक्ने भन्दै आगो लगाउने व्यक्तिको खोजी गरिएको बताउनुभयो ।

उहाले बिभिन्न स्थानबाट संकलन गरिएको तारमा एक्कासि आगो लागेको र एक घण्टाको प्रयासपछि नियन्त्रणमा आएको जानकारी दिनुभयो । आगलागीबाट अन्य कुनै क्षति नभएको काठमाडौं महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!