
माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।

रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० बर्ष देखि सन्चालनमा रहेको खाजा पसल र रंगेली २ मंङलवारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ। काेराेनाकाे समयमा खाजा पसल र फर्निचर उद्योग समेत बन्द भएको समय बिधुत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ ।
आगलागी फर्निचर बाट बिहान ९ बजे देखि सुरु भएको र डेर घन्टा पछि आगाे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्की हाेटमा रहेको ग्यास, फ्रिज, लगायत १० लाख बराबरको क्षेति भएको छ । फर्निचर उद्योग मा रहेको काठ ,फर्निचर , माेटर लगायत ६० लाख बराबरको क्षेति भएको राजेन्द्र शर्माले बताए ।

आगाे नियन्त्रणमा रंगेली काे दमकल, कानेपाेखरी , बिराटनगर , काे दमकल नेपाल प्रहरी ,ससस्त्र प्रहरी , स्थानीय हरुले २ घन्टा पछि मा आगाे नियन्त्रणमा लिएका थिए ।